एजेन्सी । भारतको जम्मु–कश्मीरको पुलुवा जिल्लामा भारतीय जनता पार्टीका नेता राकेश पण्डितको गोली हानि हत्या भएको छ ।
आफ्ना साथीलाई भेट्न गएका बेला भाजपाका पार्षद रहेका पण्डित माथी गोली हानी हत्या गरिएको बुझिएको छ ।
हत्यामा संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिको संलग्नता रहेको भारतिय संचार माध्यमले उल्लेख गरेका छन् । घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे ।