फ्रान्सले उपलब्ध गराएको सात टन स्वास्थ्य सामग्री नेपाल आइपुग्याे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

फ्रान्सले उपलब्ध गराएको सात टन स्वास्थ्य सामग्री नेपाल आइपुग्याे

काठमाडाैं । फ्रान्सले उपलब्ध गराएको सात टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्ध सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री सहयोग बुधबार काठमाडौं आइपुगेको हो । फ्रान्सले मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप दिएको हो।

नेपाल सरकारले सहयोगका लागि गरेको अपील अन्तर्गत फ्रान्सले अत्यावश्यक सामग्री पठाएको हो । फ्रान्सेली सहयोगमा पाँच लाख चार हजार एफएफपी मास्क, २० हजार २ सय २५ एन्टीजेन टेस्ट किट, १२ हजार थान प्रोटेक्सन ग्लासेज, ९ वटा ओसिरिस तेस्रो रेस्पिरेटर र कन्सुम्बल तथा पाँचवटा सिरिअस ५० रेस्पिरेटर र कन्सुम्बल रहेका छन् ।

यी सामग्री स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागी फ्रान्सेली राजदूत फ्रान्कोइस–जेभयिर लेगेरले हस्तान्तरण गर्नुभएको छ । त्रिभूवन विमानस्थलमा भएको हस्तान्तरण समारोहमा जर्मनी तथा फिनल्याण्डसहति युरोपयिनका कूटनीतज्ञिको पनि उपस्थति थियो । ।

नेपालसँगको सम्बन्धलाई प्राथमकितामा राखेको र कोरोना भाइरस विरुद्धको अभियानका लागि थप सहयोग गर्ने फ्रान्सेली राजदूतले बताउनु भयो ।स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगका लागि फ्रान्स सरकारलार्य धन्यवाद दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);