पूर्वी नवलपरासीस्थित चौधरी उद्योग ग्राममा आगलागी, अझै नियन्त्रण बाहिर | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

पूर्वी नवलपरासीस्थित चौधरी उद्योग ग्राममा आगलागी, अझै नियन्त्रण बाहिर

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । आज बिहान साढे ८ बजदेखि उद्योगको बियर प्लान्ट र चाउचाउ गोदाममा आगलागी भएको हो ।

आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन र नियन्णका लागि सुरक्षाकर्मी र मजदुर दमकलले प्रयास गरिरहेका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको थियो । चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो ।

ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);