काठमाडौं । सरकारले भारतसँग सरकार–सरकारबीचको (जिटुजी) प्रकियाबाट रासायनीक मल खरिद गर्ने जनाएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि जिटुजी सम्झौताबाट सुरुमा एक लाख मेट्रिक टन युरिया लगायतका मल खरिद गर्ने गरी सम्झौता गर्ने तयारी भएको जनाएको छ ।
हरेक वर्ष खेतबारीमा बालि लगाउने सिजन सुरु भए सँगै नेपालमा रासायनीक मलको अभाव देखिने गरेको छ । यस्तै मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउने भएको छ । स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा, सुरक्षालगायतका चासो सम्बोधन गर्ने गरी अध्यादेश जारी गर्ने तयारी गरेको हो ।