काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।