बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बरमा बस्ने ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।
थापा बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा सोमबार बाघको आक्रमणमा परी ती महिलाको ज्यान गएको हो ।
डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा खोजी गर्दा मृतावस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बाघको आक्रमण निरन्तर भइरहेको हुँदा त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।