कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने

एजेन्सी । कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएका हो । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो तर, कोरोना भाईरसको महामारीको कारण अर्जेन्टिनाबाट प्रतियोगिता सारिएको हो ।

कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो ।

सुरुवातमा कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह आयोजकबाट हटाईएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);