नागार्जुन नगरपालिकाद्वारा २ सय ६४ बेडको आइसोलेशन सेन्टर संचालन | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

नागार्जुन नगरपालिकाद्वारा २ सय ६४ बेडको आइसोलेशन सेन्टर संचालन

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा २ सय ६४ बेडको आइसोलेशन सेन्टर संचालनमा ल्याइएको छ ।

दोस्रो चरणको कोरोना सक्रमण बढेपछि नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन्ट एसोसिएशनको सहकार्यमा आइसोलेशन सेन्टर संचालनमा ल्याइएको हो ।

सोमबार एक कार्यक्रमकाविच नगर प्रमुख मोहनबहादुर बस्नेत, उप–प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका युवा नेता प्रदिप पौडेल, तथा वडाका जनप्रतिनिधि लगायतको उपस्थितमा २ सय ६४ बेडको आइसोलेशनमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

नागार्जुन नगरपालिका–१ रानीवनस्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि निर्माण गरेको भवनमा संचालनमा ल्याईएको र उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराईएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १ सय बेडमा अक्सिजन सहितको बिरामी राख्न मिल्ने आइसोलेशन संचालन गरेको बताए ।

नागार्जुन नगरपालिका–१ रानीवनस्थित संचालन गरिएको उक्त आईसोेलेसन सेन्टरको निगरानी सर्वागं स्वास्थ्य सदन सेवाले गर्नेछ ।

Leave a Reply