एजेन्सी । भारतमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि वेच्ने सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ ।
भारतकाे राजधानी दिल्लीमा प्रहरीले ३५० जना भन्दा बढीलाई कोरोनाको नक्कली औषधि बेचेको आरोपमा पक्राउ गरेको छ ।
कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा परेसँगै गिरोहको बारे खुलासा भएको हो ।
भारतीय प्रहरीका अनुसार धेरै कोभिडका बिरामीहरूलाई सोशल मिडियामा मार्फत नक्कली औषधि र अक्सिजनको प्रस्ताव राखेर शिकार बनाएकाे बीबीसीले जनाएको छ।