आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइदैं

काठमाडौं । आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको हो ।

महिला अधिकारका क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार २०७६ सालदेखि दिवस मनाउन थालिएको हो ।

आमा वा बुवामध्ये एकजनाको नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ ।

सरकारले दिवस मनाउने निर्णय गरेपछि पहिलो वर्ष औपचारिक कार्यक्रम गरि मनाए पनि गत वर्ष पनि कोरोना भाइरसका कारण कार्यक्रम भर्चुअलमै सीमित बनेको थियो भने यो वर्षपनि भर्चुअलमै सीमित हुने भएको छ ।

यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानताको नीति प्रभावकारी कार्यान्वयनबाट मात्रै महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य हुने बताएकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै लामो समयदेखिको असमानताको समाजिक अभ्यासबाट मुक्त हुन संवैधानिक र कानुनी प्रबन्धले मात्रै पर्याप्त नहुनेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);