काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८- ७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ–पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी–विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ।
रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए। यी कामका लागि १० अर्ब बढि बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।