भेरी अस्पतालको सुरक्षामा कडाई , २५ प्रहरी तैनाथ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

भेरी अस्पतालको सुरक्षामा कडाई , २५ प्रहरी तैनाथ

काठमाडौँ। नेपालगञ्जको भेरी अस्पतालका चिकित्सक एवंम नर्समाथि हुने आक्रमणको खतरा बढेको भन्दै थप सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। शनिवारबाट प्रहरीले प्रहरी नायव निरीक्षको कमाण्डमा दुई जना सहायक निरीक्षक सहित २५ जना प्रहरी २४ घण्टै अस्पतालमा बस्ने गरी सुरक्षा व्यवस्था गरिएको हो ।

बिहीबार राति दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त अस्था सृजना भएको थियो । सोहिक्रममा विरामीका आफन्तहरुले आईसीयू वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि हमला समेत गरेका थिए ।

धेरै व्यक्तिले भौतिक आक्रमण गर्दै घाँटी थिच्न आएपछि ड्युटीमा खटिएका चिकित्सक तथा नर्सले ट्वाइलेटको झ्यालबाट हाम्फालेर ज्यान जोगाउन बाध्य भएका थिए । भेरी अस्पतालका मेडिकल अफिस डा. प्रकाश थापाले शुक्रबार बुटवलबाट नेपालगञ्ज पुगेको नेपाल प्रहरीका डीआइजीसहितको बैठकले अस्पतालमा पूर्ण सुरक्षा दिने र दोषीलाई कारबाही समेत गर्ने आश्वासन दिएपछि अस्पतालका सवै सेवा पूर्णत आजबाट सञ्चालमा आएको जानकारी दिएका छन् ।

उनले आन्दोलनमा उत्रिएका अस्पतालका सबै स्वास्थ्यकर्मी काममा फर्किएको र नयाँ बिरामी भर्ना लिने काम पनि पूर्वत अवस्थामा रहेको जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);