अघि बढ्यो द्रुत मार्ग : दक्षिणकाली मख्खुबेसीमा पहिलो शिविर उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार

काठमाडौँ, २ कार्तिक । राजधानीबाट तराई-मधेसको निजगढ जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को देखिने गरी काम अघि बढेको छ। द्रुत मार्गका लागि आवश्यक पर्ने उपकरण, भौतिक पूर्वाधार राख्ने, इन्धनको व्यवस्था र काम गर्नेहरू बस्ने स्थानका रूपमा रहेका १० शिविरमध्ये तयार भएका एक शिविर उद्घाटन गर्दै रथि पूर्णचन्द्र थापाले द्रुत मार्गको काम अघि बढिसकेको बताए।

दक्षिणकाली नगरपालिकाको मख्खुबेसीमा रहेको उक्त शिविर काठमाडौंबाट–तराई जोड्ने क्याम्पको दोस्रो पोइन्टमा पर्छ । पहिलो पोइन्ट खोकनामा छ । क्याम्पमा आवश्यक पर्ने इन्धन, उपकरण, विस्फोटक पदार्थ राख्ने बंकरलगायतको अवलोकन गर्दै रथी थापाले भने, ‘तीन महिनाभित्र गरिसक्ने काम सेनाले दुई महिना २० दिनमा सम्पन्न गरिसकेको छ । शिविर निर्माणको गतिमा ‘फास्ट ट्रयाक’ पनि अघि बढ्छ।’

दु्रत मार्ग राष्ट्रिय गौरवका साथै रणनीतिक महत्त्वको आयोजनासमेत रहेकाले यसलाई अघि बढाउन र समयमै जिम्मेवारी पूरा गर्न नेपाली सेना नचुक्ने परियोजनाको अधिकार सम्पन्न निर्देशक समिति प्रमुखसमेत रहेका रथी थापाले भने।

एक सय ३० रोपनीमा फैलिएको उक्त शिविर देखाउँदै थापाले पाँच स्थानमा यस्तै शिविर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए। अन्य थप पाँच स्थानमा समेत कामको प्रक्रिया अघि बढेको जानकारी पनि उनले दिए। आजको कान्तिपुरमा खबर छ।
पत्रपत्रिकाबाट