भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गर : विवेकशील साझा युवा संगठन | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गर : विवेकशील साझा युवा संगठन

काठमाडौं । विवेकशील साझा युवा संगठनले नेपालगञ्जस्थित भेरी अस्पतालका फ्रन्टलाईनर स्वास्थ्यकर्मीहरुमाथि भएको भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथी अभद्र भिड पुगेर आक्रमण गर्दा स्वास्थ्यकर्मीहरु माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रुपमा लिन नसकिने बताउँदै घोर भर्त्सना गरेको छ ।

महासचिव सरोज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भेरी अस्पताल आक्रमणबाट घाइते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठलाई सुस्वास्थ्यको कामना गर्न चाहन्छौँ। ‘

विवेकशील साझा युवा संगठन यस्तो अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ। साथै स्वास्थ्यकर्मीलाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध पनि गरेको छ ।

Leave a Reply