पर्सामा औषधिजन्य लागूऔषध सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सामा औषधिजन्य लागूऔषध सहित २ जना पक्राउ

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले औषधीजन्य लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाका आधारमा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सूचनाका आधारमा खानतलासी गर्दा खाल्डोमा हालि छोपेर राखेको अवस्थामा लागुऔषध बरामद् गरिएको जानकारी दिए । डीएसपी खनालले भने, अहिले उनीहरूलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय अमरुल्लाह अन्सारी र ४० वर्षीया शकुन नेशा पवरिया रहेका छन । प्रहरीले उनीहरूका साथबाट ८८ वोतल ‘वीनकिरेक्स’ नामक औषधिजन्य लागुऔषध बरामद गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);