कास्की । आज गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना पुष्टि भएको छ । आज गण्डकी प्रदेशका १ हजार ७३४ जनामा गरिएको नमुना परिक्षणमा थप ७४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा कास्कीका २६३ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना र स्याङ्गजाका ८८ जना, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङका दुई जना र मनाङ जिल्लाका २ जना रहेका छन्।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ३२६ पुगेको छ भने आज २४ घण्टामा गण्डकीमा ६५३ जना कोरोना मुक्त भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ। यस्तै पनि गण्डकीमा आज थप २० जनाको मृत्यु भएकोस्वास्थ्य निर्देशनालय जानकारी दिएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १ जना, तनहुँका २ जना, स्याङ्गजाका ६ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना र मुस्ताङ जिल्लाका १ जना र रुपन्देहीका एक जना रहेका छन्।
योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५१ पुगेको छ।