महोत्तरीकाे नेपाल–भारत सीमा नाकामा भीडन्त, भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

महोत्तरीकाे नेपाल–भारत सीमा नाकामा भीडन्त, भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा आइतबार राति सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच भीडन्त भएको छ । भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् ।

भारतीयहरुले तोडफोड गरी मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट ‘घेराबेरा’ र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत हटाएका छन् ।

बोर्डर आउट पोष्ट ‘बिओपी’ मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०-६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए ।

भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक ‘चुस्ता’ समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

यता भारतीय व्यापारीका अनुसार उनीहरुले आफूहरु महिनामा एक चाेटी रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको नदिंदा कुटपिट गरेको बताएका छन् ।

त्यसैगरी यता स्थानीय प्रत्यक्षदर्शीहरुले सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि गए राति ८ बज्नासाथ भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);