काठमाडौं । साेमबार सुनको मूल्य १ सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य १ सय बढेर ९३ हजार ७ सयमा कारोबार भएको छ । यसअघि आइतबार सुन प्रतितोला ९३ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा आज पनि ५ रुपैँयाले बढेकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा ५ रुपैँयाले बढेर एक हजार ३ सय ५० निर्धारण गरिएको छ ।
यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ४५ मा कारोबार भएको थियो ।