एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा निकोलस पेपेले ब्यक्तिगत दुई गोल गरेपछि आर्सनलले सहज जित निकालेको हो । खेलको ४९ औं मिनेटमा निकोलसले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६० औं मिनेटमा निकोलसले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–० को जित दिलाए । जितसँगै आर्सनलले सिजनको सुखद अन्त्य गरेको छ उसले ३८ खेलमा ६१ अंक जोड्दै तालिकाको आठौं स्थानमा समेत रहन पुग्यो ।
यता पराजित ब्राइटन ४१ अंक जोडेर १६ औं स्थानमा रह्यो ।