चुनावबाट पछि हट्न धेरै जनाले फकाए र थर्काए, तर म अडिग रहे : खिमलाल देवकोटा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

चुनावबाट पछि हट्न धेरै जनाले फकाए र थर्काए, तर म अडिग रहे : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरै जनाले फकाएको र थर्काएको बताएका छन् । उनले कसैको अडियो रेकर्ड रहेको बताउँदै देवकोटाले समयक्रममा आवश्यकता परेमा नाम बताउने पनि बताए ।

आइतबार सामाजिक सञ्जालमार्फत देवकोटाले सो बताएका हुन् । उनले आफू अडिग रहेको र विचलित नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ ।’

देवकोटाले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफुहरुबाट केही सिक्दा राम्रै हुने बताए । उनले लेखेका छन्, ‘बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ । ‘

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा देवकोटाले रामबहादुर थापा बादललाई भारी मतले हराएका थिए । देवकोटाले कुल ५०८८ मतभार पाउँदा बादलले ४०१४ मत मात्रै पाएका थिए ।

राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहमा बादललाई उछिने देवकोटाले

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल पराजय, ५००८ मत सहित खिमलाल देवकोटा विजयी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);