एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा ग्रीजम्यानले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै बार्सिलोनाले ३८ खेलमा ७९ अंक जोड्दै सिजनको सुखद अन्त्य गरेको छ । इबर भने ३० अंक जोड्दै तालिकाको पुछारमा रहदै रेलिगेसनमा परेको छ ।