एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार २ सय ९९ मा संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका २० लाख ६६ हजार २ सय ८५ पीसीआर परीक्षणमध्ये दुई लाख ५७ हजार २ सय ९९ मा संक्रमण पुष्टि भएको हो ।
यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ६२ लाख ८९ हजार २ सय ९० पुगेका छ ।
भारत दैनिक संक्रमित संख्या गिरावट आएको भएपनि संक्रमणका कारण मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । पछिल्लो २४ घण्टामा मात्रै भारतमा चार हजार १ सय ९४ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९५ हजार ५ सय २५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टाका ३ लाख ५७ हजार ६ सय ३० लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ३० लाख ७० हजार ३ सय ६५ पुगेको छ ।
हाल भारतमा २९ लाख २३ हजार ४ सय सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या पनि दैनिक क्रमिक रुपमा घटिरहेको छ ।
त्यसैगरी भारतमा हालसम्म १९ करोड ३३ लाख ७२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।