११ दिन पछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

११ दिन पछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।

दुई देशबीचको सहमतिअनुसार स्थानीय समय अनुसार शुक्रवार बिहान २ बजे देखि युद्धविराम गर्ने निर्णय भएको बीबीसीले जनाएको छ ।

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरुवात भएको ११ दिन पछि युद्धविरामको सहमति गरेका हुन् ।

युद्धविराम भएपछि प्यालेस्टाइनका सडकमा मानिसहरु निस्केर त्यसको उत्साह मनाएका छन् । साथै युद्धविरामलाई लिएर अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीचको युद्धविरामप्रति खुशी व्यक्त गरेका छन् । यस्तै अमेरिकाले आफू गाजाको पुनर्निमाणका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

उता बेलायती प्रधानमन्त्री बोरिस जोनसनलेपनि युद्धविराम स्वागतयोग्य र महत्त्वपूर्ण कदम भएको उल्लेख गरेका छन् ।

मे १० देखि सुरु भएको दुई देशबीचको द्वन्द्वमा प्यालेस्टाइनको गाजा क्षेत्रमा ६५ बालबालिकासहित कम्तीमा २३२ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १ बच्चासहित १२ जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);