सरकार जनतालाई बेवकुफ बनाउन खोज्दै छ, कोरोना नियन्त्रणभन्दा पनि आन्तरिक पार्टी विवादमै अल्झियोः नेता रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

सरकार जनतालाई बेवकुफ बनाउन खोज्दै छ, कोरोना नियन्त्रणभन्दा पनि आन्तरिक पार्टी विवादमै अल्झियोः नेता रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले देश र जनतालाई बेवकुफ बनाउन खोजिरहेको आरोप लगाएका छन् । बिहीबार राति ९ बजे माउण्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘अतुल्य’का लागि पत्रकार तीर्थ कोईरालालाई अन्तरवार्ता दिँदै नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।सो अन्तरवार्ताको सानो अंश तल दिइएको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि कस्तो प्रयास गरेको जस्तो लाग्छ ?
सरकारले जनतालाई अहिले बेवकुफ बनाइरहेको छ । सरकार कोरोना नियन्त्रणमा भन्दा पनि पार्टीको आन्तारिक विवादमा रुमलिएका कारण जनताले अक्सिजन नपाएर मृत्युवरण गर्न बाध्य भएका छन् । तत्काल अक्सिजनको माग पूर्ति गर्न सरकारले ध्यान दिनुपर्छ भन्ने कांग्रेसको माग हो ।

कोरोना महामारी नियन्त्रणमा कांग्रेसको भूमिका के रहन्छ?
देश सक्रमणकालिन अवस्थामा रहेको बेला मूख्य दायित्व भनेको राज्यको हो । तर अहिले कोभिड १९ महामारीको अवस्था छ , यस्तो अवस्थामा सवै मिलेर अघि बढ्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता हो । कोरोना महामारी नियन्त्रणमा कांगे्रसले सक्दो सहयोग गर्छ यस्मा कुनै दुविधा छैन ।

नेपालको परराष्ट्र नीति अहिले कस्तो छ ?
नेपालको परराष्ट्र नीति अहिले एकदमै फितलो अवस्थामा छ । कोभिडले देश यस्तो आक्रान्त बनाईरहेको बेला मित्र राष्ट्रहरुले खासै चासो देखाएका छैनन् । यस्को मूल कारण भनेको वर्तमान सरकार हो । सरकारले मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई सुमधुर बनाउन नसक्दाको परिणाम अहिले सिङ्गो नेपाली जनताले भोग्नुपरेको छ ।

नयाँ सरकार निर्माणमा कांग्रेसको माओवादी केन्द्रसंग सहकार्य हुन्छ?
वर्तमान सरकारले देखाएको रवैयाका कारण नयाँ सरकार निर्माणका लागि सहकार्य गर्ने भन्ने विषयमा छलफल जारी रहेको छ । कांग्रेस माओवादी केन्द्रबीचमा घनिभूत रुपमा छलफल हँुदै छ । अव के हुन्छ,त्यो पछिको कुरा होला ।

विचार फरक भएपनि देशले नयाँ सरकार मागेको अवस्थामा जुनसुकै पार्टीसंग पनि कांग्रेस सहकार्य गर्न तयार छ । राजनीतिमा कुनै पनि व्यक्ति स्थायी रुपमा सत्रु हुँदैन । बिषयवस्तुमा मेल खायो भने सहकार्य हुनसक्छ ।

नेपालमा सिद्धान्त भएको पार्टी छ र ?
म सिद्धान्तमा विश्वास गर्छु किनकि लोकतन्त्र भएको देशमा सिद्धान्तमा आधारित पार्टी छैन भन्नु बेकार छ । पार्टी नहुने कुरा हँदैन , पार्टी सिद्धान्तमा आधारित हुन्छ।
यस अन्तरवार्ताको पुरा अंश आज राति ९ बजे माउन्टेन टेलिभिजन एचडीमा हेर्न सक्नुहुन्छ ।

अतुल्य कार्यक्रम प्रत्येक बिहीबार राति ९ बजे प्रसारण हुँदै आएको छ भने शुक्रबार बिहान ९ बजे पुनः प्रसारण हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);