काठमाडौं । बिहिबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार सुनको मूल्य ४ सय रुपैँयाले बढेर ९३ हजार ७ सयमा कारोबार भएको छ । यसअघि बुधबार सुन प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा १० रुपैँयाले गिरावट आएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैँयाले गिरावट आएर एक हजार ३ सय ६० निर्धारण गरिएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ७० मा कारोबार भएको थियो ।