काठमाण्डौँ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि घरबेटीको सहमतिमा मात्र देउसीभैलो खेल्न आग्रह गरेको छ ।
देउसी भैलोालाई व्यवस्थित बनाउन भन्दै मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा राती १० बजेपछि घरबेटीको सहमति लिएर मात्रै देउसी भैलो खेल्न पाईने उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार सूचनाको अटेर गर्नेहरुलाई कार्वाही समेत गरिने छ ।
यस्तै आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग नगर्न समेत आग्रह गरिएको छ ।