तेह्रथुम । कोरोना भाइरसका कारण यतिवेला देश नै आक्रान्त बनेको छ । सबैतिर निषेधाज्ञा गरिएको छ । नागरिकलाई स्वास्थ्य, खानेपानी, खाद्यन्य, उपचार लगायतको समस्याले सताउदै गएको छ । तर, तेह्रथुमको छथर गाउँपालिकाले भने निषेधाज्ञाको समयमा घर घरमा सेवा दिने भएको छ ।