कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छ : मन्त्री अर्याल

काठमाडौैं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् अनाजले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई प्राथमिकताका रुपमा राख्नुपर्ने बताएकी हुन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताईन् । उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताईन् । कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको र त्योअनुसार काम अगाडी बढीसकेको बताउँदै उनले सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको जानकारी गराईन् ।

कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताईन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिकको व्यवस्था गरिएको भन्दै उनले त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधिकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको मन्त्री अर्यालले बताईन् । ‘एक पालिका एक नर्सरी’ नारा लिएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उनले उच्च स्तरका सिकाइका लागि इजराइली प्रविधि नेपाल ल्याउने सम्झौता समेत भइसकेको जानकारी दिइन् ।

वैदेशिक रोजगारीको शिलशिलामा युवाहरु विदेशिने अवस्था रहेका कारण गाउँमा महिलाहरुले मात्र कृषि पेशा अगाडी बढाउदै आएको भन्दै उनले त्यसका निम्ती अब महिलामैत्री कृषि औजारको अनुसन्धान गर्न आवश्यक रहेको बताईन् ।

त्यस क्रममा वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने बताए । उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताउदै उनले उत्पादनसँगै त्यसको वजार व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताए ।

त्यसैगरी नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए ।

नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउदै सरकारले कृषिमा किसान तथा उद्योगीहरुलाई विभिन्न औजार तथा यन्त्रहरु अनुदान तथा सहुलियतमा दिने गरेको भएपनि त्यो कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने बताए ।

Leave a Reply