बनेपा नगरपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

बनेपा नगरपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । कोभिड १९ सक्रमण दर बढ्न थालेपछि बनेपा नगरपालिमा एक साताका लागि अस्पताल र औषधिपसलबाहेकका सबै व्यवसाय बन्द भएको छ । बनेपा नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दे उक्त कुराको जानकारी गराएको हो ।

जेठ ४ गते राति १२ बजेदेखि जेठ १२ गतेसम्म राति १२ बजेसम्म नगरपालिकामा खाद्यान्न, तरकारी, दूध, फलफूलका पसल र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ संक्रमण जोखिमका कारण बनेपा नगर क्षेत्रसमेत अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकोले यस विषम परिस्थितिमा भाइरसको शृङ्खला तोडी संक्रमणलाई न्यूनिकरण गर्न मिति २०७८-०२-४ गते मंगलबार राति १२ बजेदेखि २०७८-०२-१२ गते बुधबार राति १२ बजेसम्म बनेपाल नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

नगरपालिकाले जारी गरेको सूचना अनुसार घरबाहिर निस्कन पूर्णरुपमा रोक लगाइएको छ भने औषधि पसल, स्वास्थ्य संस्थाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

यस्तै,पत्रकारको हकमा सूचना विभागबाट जारी भएको पास भएको हुनु पर्ने र अन्य व्यक्तिको हकमा अत्यावश्यक भइ प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर मात्रै निस्कन भनिएको छ।

Leave a Reply