काठमाडौं । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै देशभरका सबै जस्तो जिल्लाहरुमा सरकारले निशेधाज्ञा जारी गरेको छ । घर भित्रै बस्नु पर्ने भएकाले खाद्यान्न लिन नपाइने हो कि भन्ने डर सर्वसाधारण परेकाले घरमा खाद्यान्न थुप्य्राउने होडबाजी नै चल्ने गरेको छ । यो प्रवृत्तिले खाद्यान्नको अभाव हुने अवस्था हुने भएकाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।