राजनीति

प्रधानमन्त्रीको निर्देशन : कोरोना महामारी नियन्त्रणका लागि ‘क्वीक रेस्पोन्स’ टिम बनाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्न निर्देशन दिएका छन्।आईतबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुपर्यो, पैसाको अभावले कसैको ज्यान जान नहुने भन्दै सवै सरोकारवालहरुलाई निर्देशन दिएका हुन् ।

बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय गरेको पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । उनकाअनुसार ‘स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्ने निर्णय भएको जानकारी दिए ।

खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताएका छन् ।

‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुली महसुल लगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेको उनले बताए ।

Related Post
Share

This website uses cookies.