अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

शनिबार राति इजराईली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आह्वान आह्वान गरेका हुन् ।

इजरायल र प्यालेस्टाईनबीचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत ६ दिनदेखि यद्ध जारी छ । पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना मारिएका छन् ।

यसैगरी प्यालेस्टाइनमा विदेशी मिडियाहरुको कार्यालय रहेको टावरलाई पनि इजरेलले ध्वस्त बनाईदिएको छ ।

मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);