पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उनले कर्मचारीलाई निर्देशन दिँदै कोभिड १९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिएका हुन्। उनले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिए ।

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न निर्देशन समेत दिएका छन् । समयको माग अनुसार व्यवहार गर्नुपर्ने भन्दै उनले सेवामा समर्पित हुनुपर्ने बताएका छन् ।

मन्त्री ढकालले पशुपति आर्यघाटमा कोभिड १९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रति शव एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गरेका छन् ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।

Leave a Reply