काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै १०० बेडभन्दा माथिका निजी अस्पताललाई बिहीबारकै मितिबाट १५ दिनभित्र प्लान्ट जडान गरि मन्त्रालयमा जानकारी गराउन सूचित गरेको हो ।
प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री आयतमा भन्सार छुट हुने पनि मन्त्रालयले जनाएको छ ।