नैतिकताका आधारमा माओावदीले सरकार छाड्नुपर्छ : नेता लेखक | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

काठमाण्डौं, ३० असोज । नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नेको कारण सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरेका हुन ।

नेता लेखकले वाम एकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपार्ने बताउदै भने,‘काँग्रेस राणाका बिरुद्धमा एक्लै लड्यो, पञ्चाएतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ।’

आगामी केन्द्र र प्रदेश सभामाको निर्वाचनमा काँग्रेस एक्लै बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने दाबि गरे ।
वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थिहरु उभिएको बताए ।

उनले भने,‘संसारमा लोकतान्त्रिक शासन प्राणाली स्थापित भैसकेको स्थितिमा नोपलमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी क्यूनिष्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्य भन्दा बाहिर जानु हो।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);