यस कारण हेमासँग रोमान्टिक सिन रिटेक गराउँथे धर्मेन्द्र | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

एजेन्सी, ३० असोज । बलिउडकी “एभर ग्रिन ड्रिम गर्ल” हेमा मालिनी आजबाट ६८ वर्ष पुगेकी छिन् । उनी लाखौँको दिलमा ८० को दशक देखि नै एक छत्र राज गर्दै आएकी छिन् । उनका फ्यानहरु मात्र उनको रुपमा मस्त थिएनन् , उनी माथि बलिउडका जानेमाने हस्तीहरु समेत मरिमेटेर लाग्ने गर्दथे ।

भनिन्छ सोलेका “ठाकुर” अर्थात् संजीव कुमार र उनको सम्बन्धले एकताका चर्चा पाएको थियो । निकै चर्चित पर्शनालिटीका धनी संजीवसँगको सम्बन्ध केही समयलाई मात्र रह्यो । उनीसँग जितेन्द्रको सम्बन्ध रहेको पनि कुरा चल्ने गर्दथ्यो । यहाँसम्मकी उनीहरुको सम्बन्ध विवाहमा परिणत हुने भनिन्थ्यो । तर, सबैलाई लोप्पा देखाएर उनको दिल धर्मेन्द्रले चोरेर लगे ।

धर्मेन्द्रले आफ्नी पहिलो श्रीमती छोडेर हेमासँग लागेका थिए । धर्मेन्द्र हेमाका लागि यति पागल भएका थिए कि उनले आफ्नो धर्मसम्म परिर्वतन गरेका थिए ।

उनी हेमा मालिनीका लागि दिलाबर खान बनेका थिए यानकि उनी मुस्लिम बनेका थिए । यती मात्र होइन उनी सोलेको सुटिङ्ग स्पोटमा धेरै पटक रोमान्टिक सिनलाई कट गराउन लगाउँथे र त्यस बापत् उनी निर्माण पक्षलाई पैसा दिन्थे । सोलेमा हेमा र धर्मेन्द्रको मुख्य भुमिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);