वैकल्पिक सरकार गठनका लागि देउवाले आज अन्य दलहरुसँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

वैकल्पिक सरकार गठनका लागि देउवाले आज अन्य दलहरुसँग छलफल गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठन निर्माणका लागि आज अन्य दलहरुसँग छलफल गर्ने भएको छ ।

आज दिउँसो २ बजे बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्र, जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र माधव नेपालसमूहसँग सभापति देउवाले छलफल गर्न लागकाे हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार निर्माणको लागि बैशाख ३० गते राति ९ बजेसम्मको समयसीमा दिएसँगै कांग्रेसले छलफलाई अगाडि बढाएको हो । राष्ट्रपति भण्डारीले सोमबार विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको आह्वान गरेका थिए ।

संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उहाँको पक्षमा ९३ मतमात्रै पाप्त भएको थियो । विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भइसक्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);