जसपा दुई कित्तामा विभाजित, सरकारसँग विश्वासको मत माग्ने नैतिकता नै छैन : अध्यक्ष उपेन्द्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

जसपा दुई कित्तामा विभाजित, सरकारसँग विश्वासको मत माग्ने नैतिकता नै छैन : अध्यक्ष उपेन्द्र

काठमाडौं । प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने सवालमा जसपा दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्रीले मागेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक कित्तामा विभाजित भएका हुन् ।

संसदमा बोल्दै अध्यक्ष उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए । उनले ओलीसँग यो संसदसँग विश्वासको मत माग्ने नैतिकता नै समेत नभएको दाबी गरेका छन् ।

यादवले संसदमा भने, ‘जुन संसदमा तपाईंलाई विश्वास छैन। उहीँ संसदसँग कुन नैतिकताका आधारमा मत माग्दै हुनुहुन्छ? तपाईंलाई कसरी विश्वास गर्ने? कसरी मत दिने?’।

यादवले ओलीले स्वइच्छाचारी रुपमा शासन गरेकाले उनलाई कुनै हालतमा मत दिन नसकिने बताए। संसदमा देखिएको जसपाको यस्तो दुई धारसँगै विभाजनलाई थप बल पु¥याएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);