सुनको मूल्य एक सय रुपैँयाले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

सुनको मूल्य एक सय रुपैँयाले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा एक सय रुपैँयाले वृद्धि भई प्रतितोलाको ९१ हजार ८ सय रुपैँया निर्धारण गरिएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोलाको ९१ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

सुनको मूल्यमा सामान्य वृद्धि भएपनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ५ रुपैँयाले घटेर प्रतितोलाको १ हजार ३ सय ४५ रुपैँया निर्धारण गरिएको छ ।

यसअघि शुक्रबार चाँदी प्रतितोलाको १ हजार ३ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);