यात्रुसँग बढी भाडा लिने थप ७ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यात्रुसँग बढी भाडा लिने थप ७ पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा बिभिन्न स्थानबाट आधा दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिब्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई कलंकी र बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने ५३ वर्षीय मनु अर्याल र उनका छोरा ३० वर्षीय अनु अर्याललाई पक्राउ गरेको हो । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ स्टाफ हेटौंडाका ३८ वर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने ४४ वर्षीय बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ ईन्चार्ज सुन्धारा काठमाडौंका ४९ वर्षीय ज्ञानेन्द्र साहलाई पक्राउ गरेको हो ।

उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी तीनगुणा बढी अर्थात् प्रतिव्यक्ति दुई हजार ५ सय देखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि प्रहरी बृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रहरीले गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिन्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरी थप कारबाहीका लागि प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाईएको पनि महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);