पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने दुई हजार ९ सय ५ सहित नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९५ हजार ३ सय ९५ संक्रमणमुक्त भईसकेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५० संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३, ५७९ पुगेको छ ।

२४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण

त्यसैगरी पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १९ हजार ९ सय ८७ पीसीआर परीक्षणमध्ये ९ हजार २३ र ४ सय ९५ एन्टीजेन परीक्षणमध्ये १ सय ७३ जना गरी नौ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमध्ये काठमाडौंका ३ हजार ८९, भक्तपुरका ३ सय ७४ र ललितपुरका ६ सय ४३ सहित काठमाडौं उपत्यकाका मात्रै ४ हजार १ सय ६ रहेका छन् । योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या तीन लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);