एजेन्सी, २९ असोज । भारत कश्मिरको सीमाक्षेत्रमा आइतबार झडप हुँदा एक पाकिस्तानी नागरिकको ज्यान गएको छ ।
प्राय तनाव भइराख्ने सीमा क्षेत्रमा भारतीय सीमा बल सैनिकले चलाएको गोली लागि एक जना पाकिस्तानी नागरिकको मृत्यु भएको जनाएको छ ।
घाइते हुनेमा चार बालबालिका पनि रहेका छन् ।
गएको मंगलबार भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरेको आक्रमणमा परी ३ भारतीय सेनाको मृत्यु भएको थियो ।
यस्तै गत महिना नै दुई पक्ष बिच गोली हानाहान भएको थियो ।