देशको मेरुदण्ड मानिने युवा जमात भारतीय सेना प्रति लालायित | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

क्षेत्रनाथ देवकोटा, असोज २९, रुपन्देही । नेपाली युवाको भारतीय सेनाप्रतिको मोह अझै पनि कायमै छ । भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ती हुन नेपाली युवाले अझै पनि ठूलो संघर्ष गर्ने गरेका छन् । बेला–बेलामा भारतीय सेनामा भर्नाका लागि नेपालका विभिन्न स्थानमा खुल्ने भर्तीकेन्द्रमा देशको मेरुदण्ड मानिने युवाशक्तिको तँछाडमछाड हुने गर्छ ।

नेपाली युवा कतिपय शौखका लागि त कतिपय रोजगारीका लागि भारतीय सेनामा भर्ती हुन मरिहत्ते गर्ने गर्छन् । यसपटक पनि ठूलो युवा जमात भारतीय सेनामा भर्ती हुने सपना बोकेर नेपालगन्जमा भेला भयो ।

नेपालगन्ज केन्द्रबाट, महाकालीदेखि लुम्बिनीसम्मका करिब १० हजार युवाले आवेदन दिएकोमा भारतीय सेनाको गोरखा रेजिमेन्टका लागि ५०० युवा पहिलो चरणमा छानिएका छन् । ती युवालाई स्वास्थ्य परीक्षणका लागि भारतको गोरखपुर लगिएको छ । भारतीय सेनामा युवा आकर्षण बढ्नुको मुख्य कारण सेवा सुविधा भएको पूर्व भारतीय सैनिकहरु बताउँछन्।

गोर्खाली सेनाको इतिहास हेर्दा विश्व युद्धदेखि बेलायत र भारतीय सेनाको अग्रपंक्तिमा गोरखा रेजिमेन्टको नाम आउने गर्छ। भर्ती टोलीको छनोट क्याम्पका प्रमुख ब्रिगेडियर एमके सगोस पनि भारतीय सेनामा गोर्खा सैनिकको योगदान सराहनीय रहेको बताएका छन् ।

नेपाली युवा भारतीय सेनाबाहेक सिंगापुर पुलिस र ब्रिटिस आर्मीमा पनि भर्ती हुन लालायित हुने गरेका छन् । सरकारले स्वदेशमै आयआर्जनको आकर्षक बाटो तय गरी रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य नगर्ने हो भने कुनै न कुनै माध्यमबाट युवाशक्ति पलायन भइरहने निश्चित छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);