सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा करेन्ट लागेर सर्लाहीको पर्सा गाउपालिका-५ पिपरा जाने पुल नजिक एकजनाको महिलाको मृत्यु भएको हो ।
विद्युत् अर्थिङ तारले सटेर घास काट्ने क्रममा करेन्ट लागेर ५२ वर्षीय सेवो देबी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
मृतक पासवानको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।