पारित भएका १० वटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पारित भएका १० वटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणित

काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भएका विभिन्न १० वटा विधेयक आइतबार प्रमाणिकरण गरेकी छिन् ।

प्रमाणीकरण भएका विधेकहरुमा राष्ट्रिय दलित आयोग विधेयक २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि बिधेयक, थारु आयोग गठन विधेयक, प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतका न्यायाधीशहरुको सेवा सुविधा र पारिश्रमिक सम्बन्धी विधेयक रहेका छन् ।

त्यस्तै उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको सेवा सुविधा र पारिश्रमिक र अन्य शर्त सम्बन्धि विधेयक, राष्ट्रिय महिला आयोग विधेयक, मुस्लिम आयोग गठन विधेयक, कर्मचारी समायोजन विधेयक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बिधेयक २०७४ प्रमाणिकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);