जनजाती नेताहरु नमानेपछि फोरमलाई समानुपातिक सूची बनाउनै सकस | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

काठमाडौं, २९ असोज । संघीय समाजवादी फोरमका अधिकांश जनजाति नेताहरु प्रत्यक्ष चुनाव लड्न नमानेपछि समानुपातिक सूची बनाउन सकस परेको छ। स्थानीय तह चुनावबाट मुलुकको चौथो शक्ति बनेको संघीय समाजवादी पार्टीको शीर्ष नेतृत्वमा रहेका आदिवासी जनजाति नेताहरु समानुपातिकमा बस्न खोजेका कारण मधेशी नेताहरु आक्रोशित बनेका छन्।

बरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, हेमराज राई लगायतका नेताहरु प्रत्यक्ष चुनाव लड्न डराएका छन्। यस अगाडी दोस्रो संविधानसभाको निर्वाचनमा धेरै उम्मेदवारको जमानत जफत भएको थिाये।

मधेसमा फोरमले स्थानीय चुनावमा राम्रो नतिजा ल्याए पनि पहाडमा कमजोर उपस्थिति देखिएकाले नेताहरु चुनाव लड्न हच्किएका हुन्।फोरमले राष्ट्रिय पार्टी बन्न जनजाति पार्टीसँग एकीकरण गरेपनि केही उपलव्धी नभएको मधेशी नेताहरुले आरोप लगाउँदै आएका छन्।

स्थानीय चुनावमा पहाडका ५५ जिल्लामा एउटा पनि स्थानीय तह जिताउन नसक्ने नेताहरु अहिले पनि प्रत्यक्ष चुनाव लड्न डराएर समानुपातिकमा जोड गरिरहेको आरोप लगाए।

ताजा समाचार