एजेन्सी । इजरायल सरकारले आफ्ना नागरिकहरुलाइ भारत लगायत अन्य छ वटा मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । इजरायलले आफ्रना नागरिकलाई कोरोना प्रभावित भारत लगायत अरु ६ वटा मुलुकको यात्रामा रोल लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
इजरायले भारतसँगै युक्रेन, ब्राजिल, इथियोपिया, दक्षिण अफ्रिका, मेक्सिको र टर्कीको यात्रामा रोक लगाएको होे इजरायल सरकारको यो निर्देशन सोमबारदेखि २ सातासम्म लागू हुने बताइएको छ । गैर इजरायलीहरुलाई भने ती देशहरुमा जानको लागी कुनै प्रतिबन्ध नलगाइएको समाचारमा उल्लेख छ ।
यो नियम प्रतिबन्ध लगाइएका देशहरुको एयरपोर्टको ट्रान्जिटमा रहेका यात्रुहरुलाई भने लागु हुने छैन ।