काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ मा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ९२२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ रहेको मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ ।
यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २१ संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई लाख ८६हजार १५ पुगेको छ ।