कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आन्तरिक हवाइ उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आन्तरिक हवाइ उडान बन्द

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आजदेखि हवाइ उडान पनि बन्द गरिने भएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलेले आजदेखि आन्तरिक तथा २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिने जानकारी दिएको छ ।

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिए पनि हवाइ उडान भने निरन्तर चलिरहेको थियो । साथै अत्यावश्यक पर्दा चार्टर्ड उडानका लागि अनुमति दिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले पनि हवाइ सेवा बन्द गर्न सिफारिस गरेको थियो । सार्वजनिक यातायात संचालनमा रोक लगाएर हवाई सेवा खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध हुँदै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);