भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मत परिणाम आज आउँदै | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मत परिणाम आज आउँदै

एजेन्सी । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको परिणाम आउँदै छ ।

गत मार्च र अप्रिलमा चुनाव भएका केरला, असम, पश्चिम बंगाल, तमिलनाडु र पुडुचेरीमा अहिले मतगणना भइरहेको हो । यी सबै राज्यमा ८ सय २२ विधान सभा सिटका लागि मतदान भएको थियो ।

२ सय ९४ सदस्यीय विधान सभा रहेको पश्चिम बंगालमा ममता बेनर्जीको सत्तारूढ तृणमूल कंग्रेस तेस्रो पटक सत्ता चलाउने दाउमा छ भने भाजपाले त्यहाँ पहिलो पटक सरकार बनाउने प्रयत्न गरेको छ ।

सन् २०१६ को विधान सभा चुनावमा निकै थोरै सिट जितेको भाजपाले सन् २०१९को लोकसभा चुनावमा राज्यका ४२ मध्ये १८ सिटमा जित हात पारेको थियो । तमिलनाडुको २ सय ३४ सदस्यीय विधान सभाका लागि ४ हजार २ सय १८ उम्मेदवार मैदानमा होमिएका थिए । अभिनेताबाट नेता बनेका कमल हसनको पार्टी पनि यसपालि चुनावमा लागेको थियो।

तमिलनाडुमा पहिलो पटक प्रदेश राजनीतिमा दिग्गज मानिएका करूणानिधी र जयललिताबिनै चुनाव भएको हो । १४० सदस्यीय विधान सभा भएको केरलामा मुख्यमन्त्री पिनरई विजयनको नेतृत्वमा रहेको लेफ्ट डेमोक्रेटिक फ्रन्टले नै जित हात पार्ने अनुमान गरिएको छ। केरलामा बितेका ४० वर्षमा हरेक पटक चुनाव हुँदा सरकार बदलिएको इतिहास छ।

यसपालि कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्टलाई पनि चुनाव जित्ने आत्मविश्वास छ। एक सय २६ सदस्यीय विधान सभा भएको आसममा सत्तारूढ भारतीय जनता पार्टीले नै फेरि पनि सरकार बनाउन सक्ने एक्जिट पोलहरूले देखाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);